२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

अपाङ्ग समाज विकास संस्थाको कार्यालय शान्तिनगरमा उद्घाटन

शान्तिनगर, १९ माघ । अपाङ्ग अधिकार एवं समाज विकास संस्थाको कार्यालय शान्तिनगरमा उद्घाटन गरिएको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी उक्त कार्यालयको शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष मिथिला शाहले उद्घाटन गरेकी हुन ।

संस्थाकी अध्यक्ष दिला ओलीको सभापतित्व तथा शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष मिथिला शाहको प्रमुख आतिथ्यता एवं राष्ट्रिय अपाङ्ग संघका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर विश्वकर्मा, वडा नं. ४ का अध्यक्ष धन बहादुर केसी, वडा नं. २ का अधक्ष्य फर्साराम डाँगी, वडा नं. ७ का अध्यक्ष पिमलाल ओली, वडा नं. १ का अध्यक्ष जङ्गबहादुर पुन, राप्ती बहिरा संघका अध्यक्ष अजय शर्मा, खुमबहादुर वली, महिला शाखाकी प्रमुख साबित्रा गौतम लगाएतले बोलेका थिए ।

उक्त संस्था लाई कार्यालय संचालनको लागि शान्तिनगर गाउँपालिका वडा नं. २ ले कोठा उपलब्ध गराएको छ । कार्यक्रमको संचालन डिलकुमारी केसीले गरेकी थिईन ।