२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

सन्दिपको प्रति विकेट ८ हजार ८ सय ४८ रुपैयाँ रंगशालालाई

काठमाडौं, १९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

लामिछानेले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै बुधबारदेखि शुरु हुने आई.सी.सी विश्वकप लिग २ मा एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपौयाँ रंगशालाका लागि सहयोग गर्ने जनाएका छन् । उनले नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक शृङ्खलामा लिने विकेट बराबर आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । उनले प्रति विकेट विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बराबरको रकम रंगशालालाई सहयोग गर्नेछन् ।

नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने सपना रहेको बताउँदै उनले यसलाई आफ्नो पहिलो सामाजिक कार्यका रुपमा उल्लेख गरेका छन् ।