शरद रेग्मी, तुलसीपुर १९ माघ । तुलसीपुरमा माघ १० गते देखि सञ्चालन भएको महोत्सवमा दर्शकहरुको उल्लेखनीय सहभागीता बढ्दै गएको छ । १० दिन सम्म भव्यताका साथ महोत्सव सञ्चालन भएको आयोजकले जनाएको छ ।
तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवले तुलसीपुर सहित पश्चिम दाङको विकासमा महत्वपुर्ण भुमिका खेलेको आयोजक समितिका संयोजक विरु रावतले जानकारी दिएका छन् । रकम वचत गरेर बिकास निमार्णका पूर्वाधारहरु जोडेको भन्दै यस पटकको महोत्सव बाट निमार्णाधिन सभाहललाई पूर्णता दिने अध्यक्ष रावतले बताए ।
नेपालमा भ्रमण वर्ष २०२० चलिरहदा ‘घुम्न जाऊँ तुलसीपुर’ को अभियानलाई सफल बनाउन समेत यो महोत्सवले अहम भूमिका निर्वाह गरेको बताएको छ । जिल्लाको पर्यटकिय विकासमा समेत महोत्सव कोशे ढुंगा सावित भएको समेत बताएको छ । महोत्सवमा ५ लाख दर्शक सहभागी रहने १५ करोडको आर्थिक कारोबार हुने तथा १ करोड रुपैयाँ बचत गर्ने अपेक्षा लिएको र महोत्सव सफल भएको आयोजकले जनाएको छ ।
महोत्सवका अवसरमा मिनि म्याराथुन दौड प्रतियोगिता, साईकिलीङ, नृत्य प्रतियोगिता, हेलिकप्टर मार्फत पर्यटकिय स्थलहरुको अवलोकन लगाएतका कार्यक्रम आयोजना गरिएको र सो कार्यक्रम प्रभावकारी भएको बताएको छ ।
त्यस्तै आज महोत्सवको १०औं दिन पनि दर्शकहरुको उल्लेखनीय दर्शकहरुको सहभागीता रहेको थियो । आज सांसद तथा लोकगायीका कोमल वलीको बाँझो खेतमा, तुलसीपुरमा म जाँदाखेरी लगायतको गितमा दर्शकहरु छमछमी नाचेका थिए । महोत्सवमा हाँस्यकलाकार भटभटे माईलाले दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिएका थिए ।
त्यस्तै गायक शक्ति चन्द, गायिका अनु गुरुङ, गायक तथा हाँस्य कलाकार मनिष खड्का, मोडेल सरिस्मा मगर, गायिका प्रेरणा पाण्डे लगाएतको प्रस्तुती रहेको सञ्चार संयोजक शरद रेग्मीले जानकारी दिएका छन् ।