तुलसीपुर, १९ माघ । तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिपेन्द्रकुमार खत्रीले निर्माणाधिन सभाहलको निर्माणका लागि रु. १ लाख १५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । सोमवार तुलसीपुर महोत्सवमा उहाँले सो सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा तुलसीपुर सुरु भएको महौत्सवमा दर्र्शकको उल्लेखनीय सहभागीता बढ्दै गएको छ । रकम वचत गरेर बिकास निमार्णका पूर्वाधारहरु जोडेको भन्दै यस पटकको महोत्सव बाट तुलसीपुर उद्योग बाणिज्य संघको निमार्णाधिन सभाहललाई पूर्णता दिने बताइएको छ ।
जिल्लाको पर्यटकिय विकासमा समेत महोत्सव कोशे ढुंगा सावित भएको समेत बताइएको छ । महोत्सवमा ५ लाख दर्शक सहभागी रहने १५ करोडको आर्थिक कारोबार हुने तथा १ करोड रुपैयाँ बचत गर्ने अपेक्षा लिएको र महोत्सव सफल भएको आयोजकले जनाएको छ ।