२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

राप्तीमा राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्षकप सुरु हुने

तिर्थराज ज्ञवाली, माघ १९ मसुरीया । राप्ती गाउँपालिका युवा, शिक्षा तथा खेलकुद शाखाको आयोजनामा हुन लागेको राप्ती गाउँपालिका स्तरिय राष्ट्रपतिरनिङ शिल्ड तथा अध्यक्षकप खेलकुद कार्यक्रम सञ्चालन बारे छलफल गरिएको छ ।

आगामी माघ २७ गतेदेखि सुरु हुने खेलकुद कार्यक्रमका वारेमा विद्यालयका प्रध्यानाध्यापक तथा खेल शिक्षकहरु संग छलफल गरिएको हो । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिको अध्यक्षतामा भएको छलफलमा श्रीचौर खेल मैदानमा खेलकुद आयोजना गर्ने, लगायत खेल ब्यवस्थापनका बारेमा छलफल गरिएको राप्ती गाउँपालिका युवा, शिक्षा तथा खेलकुद शाखाका शिक्षा अधिकृत विश्वास विकले जानकारी दिनुभएको छ ।

अधिकृत विश्वास विकले गत बर्षको राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्षकप खेलकुदमा समाबेश गरिएको खेलमा थप खेलहरु समेत खेलाईने बताउनु भएको छ ।