तुलसीपुर, २० माघ । तुलसीपुरका शिक्षक तथा समाजसेवी नारायण भट्टराईले समाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी क्यान्सर पिडित गोबर्धन वलीलाई आर्थीक सहयोग गरेका छन् ।
शिक्षक भट्टराईले आईतबार परेको जन्मदिनको अवसरमा आर्थिक अवस्था कमजोर रहेका क्यान्सर पीडित वलीको उपचारमा सहयोग होस् भन्ने हेतुले ५ हजार १ सय रुपैयाँ सहयोग गरेका हुन्। क्यान्सर पीडित वली हाल काठमाण्डौंमा उपचाररत हुनुहुन्छ ।