तुलसीपुर, २० माघ । दाङको तुलसीपुरमा माघ १० गतेदेखि सञ्चालन भईरहेको महोत्सवको समय एक दिन थप गरिएको छ ।
माघको २० गतेसम्म हुने भनिएको महोत्सवमा दर्शकहरुको माग अनुसार १ दिन थप गरिएको महोत्सव आयोजक तुलसीपुर उद्योग बाणिज्य संघले जानकारी दिएको छ। आम दर्शक र व्यबसायीहरुको पनि माग अनुसार महोत्सवको समय एक दिन थपिएको प्रेस संयोजक शरद रेग्मीले जानकारी दिए ।