२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

लमही अस्पतालमा जिन एक्सपोर्ट ल्याब सेवा सुरु

लमही, २० माघ । दाङको लमही अस्पतालमा ल्याव सेवा शुरु भएको छ । अस्पतालमा शुरु भएको जिन एक्सपोर्ट ल्याव सेवाका आईतबार प्रदेश नं. ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले उद्घाटन गरेका हुन् । अहिले अत्याधुनिक ल्याब सेवा शुरु भएको भन्दै यसको प्रभाबकारी प्रयोगमा ध्यान दिनुपर्ने सांसद शर्माले बताए ।

यो सेवा शुरु भएसंगै लमहीमा क्षयरोगलगायतका बिरामीहरुले ल्याब ल्याब सेवा लिनकालागि बाहिर जानुपर्ने अबस्था नरहने उनको भनाई छ । पन्ध्र शैयाका अस्पताल रहेको उक्त अस्पतालमा आगामी दिनमा थप सेवा विस्तार गर्दै जाने समेत बताए ।

सेवा शुरु भएसंगै देउखुरी क्षेत्रमा रहेका सम्पूर्ण क्षयरोगका विरामीहरुले अब लमही अस्पतालबाट सेवा लिन पाउने लमही नगरपालिकाका प्रमुख कुलबहादुर के.सी.ले बताए ।