काठमाण्डौं, २० माघ । यतिबेला कोरोना भाइरसको संक्रमण चिन सहित अन्य देशहरुमा पनि बढ्दै गएको छ । चिनमा यस भाइरसबाट मृत्यु हुनेको संख्या ३६३ पुगेको छ, भने १७ हजार जनामा संक्रमण छ । कोरोना भाइरसको कारण नेपाल भ्रमण वर्ष २०२० को शुरुआतीमै पर्यटन बजार प्रभावित छ ।
कोरोना भाइरसको संक्रमणले गर्दा चिनीयाँ पर्यटकको आगमन पनि ठप्प भएको छ । भारत र चीन मात्र होइन अन्य देशका पर्यटकले पूर्वनिर्धारित नेपाल आउने तालिका रद्द गरिरहेका छन् । मुख्य सिजन मानिने यो समय यसरी होटल बुकिङ रद्द हुनु थालेपछि यसको असर आगामी वैशाख जेठसम्मै पर्ने होटेल एसोसियसन अफ नेपालले जनाएको छ ।
कोरोना भाइरस व्यापक रुपमा फैलिएपछि दुई सातायता चिनियाँ पर्यटक मात्रै नभई अन्य मुलुकबाट आउनेको संख्या पनि घटेको नेपाल पर्यटन बोर्डका सदस्य एवं होटेल एसोसियसन अफ नेपालका केन्द्रीय सदस्य विप्लव पौडेलले बताउनुभयो ।