२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

तुलसीपुरमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

लक्ष्मण बस्नेत, तुलसीपुर २० माघ । तुलसीपुर उपमहानगरपालिका स्तरीय दोस्रो तथा १२औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिब्र पारीएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा सहिद स्मृति आबासीय बिद्यालय तुलसीपुर १७ बनकट्टीको संयोजनमा यहि माघ २४ गते देखि सुरु हुने प्रतियोगिताको तयारी स्वरुप खेलमैदान मर्मत,ट्र याक एण्ड फिल्ड निमार्ण, आर्थिक तथा प्राबिधिक ब्यबस्थापन, प्रचार प्रसार लगायतका कार्यलाई तिब्र पारिएको प्रतियोगिताका सचिवालय सदस्य माधव महराले जानकारी दिए ।

तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबडी, छात्ररछात्रा, एथ्लेटिक्स ट्रयाक तर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर छात्र र छात्रा दौड १०० गुणा ४०० र ४ गुणा ४०० छात्र÷छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो र सटपुट छात्ररछात्राबीच कडा प्रतिस्पर्धा हुने महराले बताए । प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका सामुदायिक तथा निजि बिद्यालयको सहभागिता रहनेछ भने बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र र छात्रा ले मात्र भाग लिन पाउनेछन् ।