शरद रेग्मी, तुलसीपुर २० माघ । तुलसीपुरमा माघ १० गते देखि २० गते सम्म सञ्चालन हुने भनीएको महोत्सव एक दिन थप गरिएको छ । महोत्सवमा आज चर्चित गायक प्रमोद खरेलको प्रस्तुतीले सवै झुमेका थिए । प्रमोद खरेलको गित ‘यो कुरा गोप्य नै राखौला, चल बतास चलचल’ जस्ता गितमा युवा युवतीहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
त्यसैगरी आज महोत्सवमा गायक संगितकार हरि विष्ट, करण न्यौपाने, रेष्मा पुन, अमित परियार, रितु तामाङ ,मोडेल अस्मीता राना, कृति पाण्डे, मोडेल एव डान्सर आशा वि.क, उषा वि.क लगायतका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए । महोत्सवमाको १०औं दिन पनि सवै दर्शकहरुको रोजाई मञ्च नै रहेको थियो । साझँ सम्म पनि दर्शकहरु गित संगीतमा झुलेका थिए ।
जिल्लाको पर्यटकिय विकासमा समेत महोत्सव कोशे ढुंगा सावित भएको समेत बताएको छ । महोत्सवमा ५ लाख दर्शक सहभागी रहने १५ करोडको आर्थिक कारोबार हुने तथा १ करोड रुपैयाँ बचत गर्ने अपेक्षा लिएको र महोत्सव सफल भएको आयोजकले जनाएको छ । त्यस्तै आज महोत्सवको १०औं दिन पनि दर्शकहरुको उल्लेखनिय दर्शकहरुको सहभागीता रहेको थियो । व्यवसायी तथा दर्शकहरुको मागलाई मध्यनजर गदै एक दिन समय थपीएको महोत्सवमा एक कार्यक्रममा विच भोलि साझँ ५ बजे समापन गरिने महोत्सवका सञ्चार संयोजक शरद रेग्मीले जानकारी दिएका छन् ।
महोत्सवमा आज चर्चित गायक प्रमोद खरेलको ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा, रातो टीका निधारमा’ जस्ता गितमा पनि दिनभरि दर्शकहरु झुमि झुमि नाचेका थिए । तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवले तुलसीपुर सहित पश्चिम दाङको विकासमा महत्वपुर्ण भुमिका खेलेको आयोजक समितिका संयोजक विरु रावतले जानकारी दिएका छन् ।