२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

युवाहरुलाई सिप सिकाउँदै घोराही उपमहानगर

घोराही, २० माघ । दाङको घोराहीमा आज देखी ढुंगालाई कुँदेर विभिन्न आकृती तयार पार्ने तालिम सुरुभएको छ । दाङ हस्तकला संघको आयोजना तथा घोराही उपमहानगरपालिका, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नेपाल हस्तकला महासंघको सहयोगमा घोराहीमा एक महिने ढुंगाबाट आकृती कुँद्ने सिपको विकास गर्न तालिम सुरुभएको हो ।

घोराहीका विभिन्न वडाबाट ८ जना युवाहरुको तालिममा सहभागिता रहेको छ । हस्तकला संघ दाङका अध्यक्ष अशोककुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रज्ञा परिषद सदस्य एवं हस्तकला विभाग प्रमुख धर्मराज शाक्यले कलालाई व्यवसायमा रुपान्तरण गर्नु पर्ने बताउनुभयो ।

विभिन्न आकृतीहरु कुँदेर आयआर्जन गर्न सकिने भन्दै उहाँले सिपलाई अर्थमा रुपान्तरण गर्नु अहिलेको आबस्यकता भएको बताउनुभयो । कार्यक्रममा घोराही उपमहानगरको पर्यटन तथा सस्कृती प्रर्बद्धन शाखा प्रमुख बालकृष्ण खनाल, पर्यटन समिति सदस्य डा. गोबिन्द आचार्य लगाएतकाले परम्परागत कलालाई नयाँ पुस्तामा सिप हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

सस्कृतीलाई कलाको रुपमा बिकास गर्दै मौलिकताको संरक्षण र अर्थ संकलनमा समेत टेवा पुग्ने बताउनुभयो । तालिमको प्रशिक्षकमा अमृत कार्की रहनुभएको छ । तालिममा सहभागिहरुलाई पहिलो चरणमा गणेशको मूर्ती बनाउन सिकाउन थालिएको छ ।।