२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

शान्तिनगरमा अपाङ्गता परिचय पत्र वितरण शिविर

शान्तिनगर, २० माघ । शान्तिनगर गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक अपांगता शाखा चिराघाटको आयोजनामा एकदिने गाउँपालिका स्तरिय अपांगता परिचय पत्र बितरण शिबिर आज चिराघाटमा सम्पन्न भएको छ।

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकि प्रमुख साबित्रा आचार्य को अध्यक्ष ता एबं गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर बि.कको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष बुद्धिराम तिवारी र ७ का अध्यक्ष पिमलाल ओलि लगाएतले बोल्नु भएको थियो ।

शिबिरमा ४२ जना अपांगता भएका ब्यक्तीहरुलाई परिचय–पत्र प्रदान गरिएको समन्वय समिती का सदस्य निम बहादुर नेपालीले जनाएका छन् ।