२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

घर्तीलाई साढे १५ लाख धरौटीमा छाड्न आदेश

तुलसीपुर, २१ माघ । देवः बैंकको १८ करोड हिनामिना गरेको अभियोगमा पक्राउ परेका मध्य रामबहादुर घर्तीलाई अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । उच्च अदालत तुलसीपुरले सोमवार घोराही उपमहागरपालिका वडा नं. १७ निवासी घर्तीलाई साढे १५ लाख रुपैंया धरौटीमा छोड्न आदेश दिएको हो ।

न्यायाधिस ऋषिराम दवाडी र शालिकराम कोइरालाको संयुक्त इजलाशले उक्त आदेश दिएको छ । नारायणपुरस्थित देवः विकास बैंकको रकम हिनामिना प्रकरणमा सिईयो खिमबहादुर डि.सी सहित ४९ जना विरुद्ध मुद्दा परेको थियो । त्यसमध्ये अझैं ७ जना फरार रहेका छन् ।

हालसम्म धरौटीमा ३८ र साधारण तारेखमा ५ जना छुटिसकेका छन् । बैंक म्यानेजर शमिर बुढाथोकी सहित ६ जना पूर्वपक्षका लागि थुनामा रहेका छन् ।