२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

खैरावाङ भगवती मन्दिर पश्चिम दाङको मठेउरीमा पनि बन्ने

बबई, २१ माघ । सल्यानको प्रसिद्ध धार्मिक स्थल खैरावाङ भगवति मन्दिर पश्चिमदाङको बबई गाउँपालिका वडा नं. ७ मठेउरीमा पनि बन्ने भएको छ । नेपाल भ्रमण बर्ष २०२० नेपालमा सञ्चालन भइरहँदा धार्मिक पर्यटकिय स्थल रूपमा स्थापित बनाउन मठेउरीमा खैरावाङ भगवति मन्दिर बन्ने भएको हो ।

मठेउरीमा खैरावाङ भगवतिको पुजापाठ हुँदै आएको ठाउँमा मन्दिर स्थापना गरेर व्यवस्थित पुजापाठ गर्ने उद्देश्यले यहाँका स्थानीय समाजसेविको सक्रियतामा मन्दिर निमार्ण हुँदै छ । कुनै निकायले सहयोग नगरेपनि स्थानिय समाजसेविको साथ र सहयोगबाट मन्दिर निर्माण गर्न लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टोप वहादुर चौधरीले बताए ।

स्थानिय, प्रदेश तथा संघिय सरकार समक्ष मन्दिर निर्माणमा लागि सहयोगको अपिल गरेतापनि कसैबाट सहयोग हुन नसकेको दुखेसो उनले पोखे । मन्दिर बनेपछि धार्मिक स्थलका रूपमा परिचित हुने र यसले नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुर्याउने चौधरीले बताए । आगमी चैते दशैंमा मन्दिर उद्घाटन गर्ने गरि मन्दिर निर्माणलाई तिव्रता दिइने उनले बताए । मन्दिर निर्माणमा आर्थिक सहयोग गरिदिन सम्वन्धित निकायलाई चौधरीको आग्रह रहेको छ ।

खैरावाङ भगवति मन्दिर निर्माणका लागि सम्झना सामुदायिक बन, स्थानिय कृष्ण बस्नेत, रामपत्ते चौधरी, प्रकाश चौधरी लगाएतले जग्गादान गरेका छन् । मन्दिर निर्माण गर्न का लागि आफुले सक्दो सहयोग गर्ने बबई गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष महाविर चौधरीले बताए । मन्दिर निर्माण सहयोग  गरिदिन विभिन्न निकायमा पहल कदमी चालेको उनले बताए ।

मन्दिर व्यवस्थापन समिति गठन
मन्दिरलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि टोप बहादुर चौधरीको अध्यक्षतामा १३ सदस्यीय मन्दिर व्यवस्थान समिति गठन गरिएको छ । वडा अध्यक्ष महाविर चौधरीको रोहवरमा उक्त समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा मान वहादुर बस्नेत, सचिव जगत चौधरी, सहसचिव हेमराज भण्डारी, कोषाध्यक्ष पुष्पा बस्नेत रहेका छन् । यस्तै सदस्यहरूमा रामपत्ते चौधरी, तुलाधर वली, सिर्जना थापा, गणेशलाल वली, भिम बहादुर वुढाथोकि, चेतना चौधरी, जानकी चौधरी र सुनिता रहेका छन् ।