२०७७ माघ १४ गते बुधवार
२०७७ माघ १४ गते बुधवार

मौलिक गीत संगित आउन जरुरी छ : गायक खरेल

दाङ, २१ माघ । लोकप्रिय गायक प्रमोद खरेलले नेपाली गीत संगितलाई थप दरिलो बनाउन अझैंपनि मौलिकता बोकेका गीतहरु आउन आवश्यक रहेको बताएका छन् ।

चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गायक खरेलले नेपाली माटो सुहाउँदो, मौलिक, कला संस्कृति र विभिन्न जातजातिका गीतहरु थप आउनु जरुरी रहेको बताए ।

‘गीत संगितमा ठूलो शक्ति छ,’ खरेलले भने- ‘तर,त्यसका लागि माटो सुहाउँदा मौलिक गीत संगित अझैं आउन जरुरी छ।’ गीत संगितमा ठूलो शक्ति र उर्जा भएकै कारण एउटा लामो सिनेमा निर्माण गर्दा पाँच मिनेटको गीतमा समेत निर्माताले व्यापक खर्च गर्ने गरेको बताए ।

कार्यक्रम चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षमा भएको हो भने सहजिकरण उपाध्यक्ष सञ्तोष केसीले गरेका हुन ।