२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दलित बालबालिकालाई शैक्षिक सामाग्री वितरण

तिर्थराज ज्ञवाली, मसुरीया २१ माघ । राप्ती गाउँपालिका वडा नं १ ले गरिव र जेहन्दार दलित वालबालिकाको पढाई लेखाईमा सहयोग स्वरुप झोला, ड्रेस र कापी उपलब्ध गराएको छ ।

वडा नं १ का सामुदायिक विद्यालय नेपाल राष्ट्रिय माध्यामीक विद्यालय, नव प्रतिभा आधारभुत विद्यालय, स्वर्गद्धारी प्राथमीक बिद्यालय, गंगा प्राथमीक बिद्यालय र बगासोति प्राथमीक बिद्यालयमा अध्यनरत जेहेन्दार दलित छात्र छात्रालाई झोला, ड्रेशस र कापी उपलब्ध गराईएको हो ।

वडा अध्यक्ष तारा बहादुर डि.सी.को अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा नेपाल राष्ट्रिय माध्यामीक विद्यालयका प्रधानाध्यापक लोकेन्द्र के.सी, नव प्रतिभा आधारभुत विद्यालयका प्रधानाध्यापक मान बहादुर कुमाल र स्वर्गद्धारी प्राथमीक बिद्यालय प्रधानाध्यापक सविता चौधरीले आगामी दिनमा थप कार्यक्रम सहित वडाले शैक्षिक सुधारमा समेत सहयोग पुर्याउने आशा सहित आफ्ना विचार राख्नु भएको थियो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा वडा सदस्य स्यामलाल पोख्रेल, पुर्णजंग रेश्मी वडा सचिव असलेख चौधरी लगायतको सहभागीता रहेको थियो ।