२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

पुर्वहापुरे सामुदायिक वनको साधारणसभा सम्पन्न

बबई, २१ माघ । दाङको बबई गाउँपालिकामा रहेको पुर्वहापुरे सामुदायिक वन उपभोक्ता समुह बबई ४ र ५ को २१औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभा वन समुहका अध्यक्ष डम्बरबहादुर श्रीषको अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यता एवम् पुरन्धारा सव डिभिजन वन कार्यालय हापुरेका प्रतिनीधी धर्मराज चौधरीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै बबई गाउँपालिका अध्यक्ष पौडेलले बबई गाउँपालिकामा पुर्वहापुरे सामुदायिक वन समुहले रचनात्मक काम गर्दै गएको बताउनु भएको छ । समुहले सामुदायिक वनको परिधीमा रही सामाजिक बिकासका काम अगाडी बढाउनु सरहानीय काम भएको बताउनु भएको छ ।

साधारणसभा मार्फत वन समुहले आगामी वर्ष उपभोक्तालाई स्वरोजगार बनाउने उद्देश्यले टपरी उद्योग, स–मिल तथा फर्निचर उद्योग सञ्चालन गर्ने योजना अगाडी सारेको छ । वन समुहले उपभोक्ताको जीवन स्तर उकास्न सामदायिक घुम्ती कोष बनाई लगानी गर्ने योजना समेत बनाएको छ । कार्यक्रममा नेपाली कांग्रेसका बबई सभापती बलबहादुर बुढा, स्थानिय वन महासंघ बबईका उपाध्यक्ष चुडामनी कंडेल, पुरन्धारा सव डिभिजन वन कार्यालय हापुरेका प्रतिनीधी धर्मराज चौधरी लगाएतले बोल्नु भएको थियो ।

साधरणसभामा संस्थागत प्रतिबेदन अध्यक्ष डम्बरबहादुर श्रीष र आर्थिक प्रतिबेदन कोषाध्यक्ष धनबिर बुढाले प्रस्तुत गर्नुभएको थियो । साधरणसभाले पुरानै समितीलाई निरन्तरता दिएको छ । उपभोक्ता झुपलाल बुढाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव भिमीसरा खड्काले गर्नु भएको थियो ।