२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

शान्तिनगरमा हात्तिपाइले औषधि सेवनको योजना निर्माण

शान्तिनगर, २१ माघ । दाङ सहित देशभरका ६३ वटा जिल्लामा आगामी माघ २५ गते देखी हात्तिपाईले रोग बिरुद्धको औषधि खुवाईंदैछ । हात्तिपाईले रोग बिरुद्धको औषधि खुवाउन दाङका स्थानिय तहहरुले आ–आफ्नै योजना बनाईरहेका छन ।

यसैबिच शान्तिनगर गाउँपालिकाले पनि हात्तिपाइले औषधि सेवन सम्वन्धी योजना बनाएको छ । सोही अनुसार शान्तिनगर गाउँपालिका वडा नम्बर १ को पहाडी क्षेत्रका बाघखोर, पेदिखोला, हारीचार लगाएतका स्थानहरुमा माघ २५ गते र वडा नम्बर १ का अन्य क्षेत्रहरुमा माघ २६ गते औषधि खुुवाईने भएको छ ।

औषधि खुवाउने कार्यक्रम निरन्तर रहने भएपनि माघ २५ र २६ गते बिभिन्न ठाउँहमा स्वास्थ्यकर्मीद्धारा घर–घरमा पुगी औषधि खुवाउने कार्यक्रम तय गरिएको वडा अध्यक्ष जंगबहादुर पुनले जानकारी दिनु भएको छ । उहाँका अनुसार हात्तिपाईले बिरुद्धको औषधि सबैले नछुटाई खानु पर्ने बताइएको छ ।