२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

घोराही १४ का फुटबल खेलाडीहरुलाई नगद र सम्मान

घोराही, २१ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ ले तेस्रो मेयर कप रनिङ फुटबल प्रतियोगितामा दोस्रो भएका वडाका खेलाडीलाई सम्मान गरेको छ । वडा कार्यालयले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरि खेलाडी, प्रशिक्षकलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको हो ।

खेलाडीहरुलाई नगर प्रमुख नरुलाल चौधरीले जनही २ हजार ५ सय र प्रशिक्षक एवं टिम व्यवस्थापकलाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कृत गर्नुभयो । साथै टिम क्याप्टेन सागर चौधरी खेल्ने क्रममा घाईते भएको र उपचारमा लाग्ने खर्च वडाले व्यहोर्ने जनाएको छ । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले खेल क्षेत्रले स्वस्थता र अनुशासन कायम गराउने बताउनुभयो । खेलाडीहरुको मनोवल बढाउदै आबस्यक पूर्बाधारको समेत विकासमा नगर प्रतिबद्ध रहेको जानकारी दिनुभयो । खेलकुदलाई सामाजिक विकासको अंगकारुपमा आफुहरुले लिएको भन्दै मेहनत र अनुशासनमा केन्द्रित गर्न खेलाडीहरुलाई सुझाब दिनुभयो ।

कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी खिमा भुसाल, वडा सदस्य लछुमन बुढामगरले खेलाडीहरुलाई बधाई दिदै थप अनुशासित र मेहनती बन्न सुझाब दिनुभयो । कार्यक्रमको सहजिकरण वडा सदस्य गुलाम रसुलले गर्नुभएको थियो ।

यही पुस २७ देखि माघ १३ गतेसम्म भएको तेस्रो मेयर कप फुटवल प्रतियोगीतामा वडा नम्बर १४ का खेलाडीहरु दोस्रो भएका थिए । उपबिजेता बनेको वडाका खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार पाएको थियो ।