२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

घोराहीको भानु टोललाई ६० वटा डष्टबिन प्रदान

घोराही, २१ माघ । घोराही उपमहानगरपालिकाले घोराही १५ स्थित भानु टोल विकास संस्थालाई फोहोर राख्ने डस्टबिन हस्तान्तरण गरेको छ । बाताबरण तथा बिपद व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा एक कार्यक्रम गरि नगर प्रमुख नरुलाल चौधरीले टोल विकास संस्थाका अध्यक्ष रेवा डाँगीलाई उक्त डस्ट्बबिन हस्तान्तरण गर्नुभयो ।

तुलसीपुर चोक देखी दक्षिण तर्फको बजार क्षेत्रमा रहेको टोल विकास संस्थाका प्रत्येक घर अगाडी उक्त डस्टबिन राखिएको छ । ३ सय ५० रुपैयाँ नगरको र २ सय रुपैयाँ सम्बन्धीत घर धनीको गरी ५ सय ५० रुपैयाँ एउटा फोहोर राख्ने डस्टबिनको मूल्य रहेको सरसफाई व्यवस्थापन शाखा प्रमुख प्रेम के.सी.ले जानकारी दिनुभयो । टोल विकास संस्थामा आबद्ध करिब ६ घरलाई उक्त फोहोर राख्ने डस्टबिनहरु उपलब्ध गराईएको छ ।

घोराही बजारलाई पूर्ण सरसफाई युक्त बनाउन उक्त डस्टबिन प्रदान गरिएको र अब कुनै पनि फोहोरहरु सडकमा फाल्न नपाईने नगर प्रमुख चौधरीले बताउनुभयो । शहरलाई सफा, स्वच्छ र हराभरा बनाउने दायित्व सबैको भएको भन्दै आनिबानीका सुधार ल्याउन सबैलाई अपिल समेत गर्नुभयो ।