२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

नयाँ पाइलाको वार्षिकोत्सव, बालबालिकाहरुलाई शैक्षिक सामग्री

बिजौरी, २२ माघ । नयाँ पाइला पुर्न स्थापना केन्द्रको पाँचौ वार्षिकोत्सव अवसरमा विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । । संस्थाका अध्यक्ष शरद थापाको अध्यक्षता तथा मानव अधिकार महिला सञ्जाल दाङकी निवर्तमान संयोजक सुष्मा गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमकी प्रमुख अतिथि गिरी लागु पदार्थ दुव्र्यशनी न्यूनीकरणका लागि संस्थाको अतुलनीय भूमिका रहेको बताउनुभएको थियो ।

वार्षिकोत्सवकै अवसर पारेर जनता संस्कृत माध्यमिक विद्यालय बिजौरीमा कक्षा ७ मा अध्ययनरत छात्र सुधिर डाँगी, होमबहादुर घर्ती, कक्षा ४का छात्रा नन्दा वि.क, लक्ष्मी चौधरी र कक्षा २ मा अध्ययनरत छात्र सुरेश चौधरीलाई झोलासहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

समाजमा संस्थाको उत्तरदायित्व विपन्न, असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको संस्थाका निर्देशक सुरेश भुसाले जानकारी दिनुभयो । कार्यक्रम संस्थाका प्रशिक्षक डिल्ली बस्नेत संगीतले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन प्रेस सल्लाहाकार गोकर्ण पौडेलले गर्नुभएको थियो ।

संस्थाका हाल ४० जना दुव्र्यसनी उपचारार्थ रहेका छन् । संस्थाले तुलसीपुर, घोराही र सिसहनियाँमा आयोजना गरिएको महोत्सवमा २५ हजार बढी अभिभावक शिक्षा पर्चा पम्पलेट वितरण गरेको थियो । वार्षिकोत्सवकै अवसर पारेर संस्थाको सल्लाहारमा पत्रकार सुनिल कुमार पोखरेललाई चयन गरिएको संस्थाका निर्देशक सुरेश भुसालले जानकारी दिनुभयो ।