२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

काठमाण्डौं, २२ माघ । बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो।

इन्फेक्सनको समस्या भएपछि उनलाई हिजो राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा उपचार क्रममा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नेपाल टेलिभिजनमा विश्व घटना नामक कार्यक्रम उनैले सुरू गरेका थिए। शर्माको जन्म इलाम जिल्लाको फिक्कलमा भएको थियो।