तिर्थराज ज्ञवाली, मसुरीया २२ माघ । राप्ती गाउँपालिकामा निगरानी समुह र मेलमिलापकर्ताको रुपमा कार्य गर्दैै आइरहनु भएका अभियानकर्ताहरुलाई नेतृत्व विकास तालिम सुरु गरिएको छ ।
न्याय तथा मेलमिलाप कार्यमा थप जानकारी ज्ञान तथा उत्साहका लागि वडा गत रुपमा प्रतिनिधित्व हुनेगरि सहभागहिरुलाई तिन दिनको नेतृत्व विकास तालिम दिईएको हो ।
राप्ती गाउँपालिका महिला तथा वालबालिका शाखाको आयोजनामा भएको तालिममा निगरानि समुह र मेलमीलापकर्ताहरुलाई थप कानुनको जानकारी, निति नियम, ब्यवहारीक अवस्था, प्रहरी तथा न्यायीक समितिको सहयोग लिनुपर्ने कारण लगायतका विषयमा तालिम दिईने कार्यक्रम रहेको छ ।
सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन कार्यक्रममा न्यायीक समिति संयोजक जगदम्वा कुमारी चौधरी, वडा अध्यक्ष चन्दर चौधरी लगायतकाले तालिमले समाजमा हुने विभिन्न हिंसाको घटना रोक्न र न्युनिकरण गर्दै पीडित लाई न्यायोचित न्याय दिलाउन सक्ने ज्ञान प्राप्त गर्न सक्ने क्षमता अभिबृद्धि हुनेमा आशावादि रहेको बताउनु भएको छ ।
आगामी शुक्रवार सम्म चल्ने तालिम वडा नं ३ को कार्यालय भवनमा सञ्चालन भैरहेको छ ।