२०७८ भाद्र १८ गते शुक्रवार
२०७८ भाद्र १८ गते शुक्रवार

सोमराज परिवारलाई सहयोग गर्ने क्रम जारी

बबई, २२ माघ । गत माघ १२ गते भबन निर्माणको क्रममा दुवईमा निधन भएका दाङ बबई गाउँपालिका वडा नं. ५ बबरपुरका सोमराज वलीको परिवारलाई आर्थिक रकक उठ्ने क्रम जारी रहेको छ । स्वदेश तथा विदेशमा रहेका सहयोगी मनले स्वर्गिय वलीको परिवारलाई दुखको घाउँमा थोरै भएपनि मलम पट्टी लगाउने काम गरेका छन् ।

स्वर्गिय वलीकि श्रीमती रुखबाट खसेर थला परेको र आधा शरिर मात्रै चल्ने भएकाले उपचारका लागि सहयोग रकम जम्मा गरेको युवा अभियान्ता झुपु क्षेत्रीले बताए । आज सम्म करिव ३ लाख रकम जम्मा भएको उनले बताए । आज तुलसीपुर यातायात प्रा.लि.का अध्यक्ष पवनराज वुढाथोकीले सात हजार पाँच सय रूपैया, तरुण दल दाङका कोषाध्यक्ष अभियान बस्नेतले पाँच हजार पाँच सय पचपन्न रूपैयाँ र नेकपा युवा नेता धनसिंह खत्रीले दुई हजार पाँच सय रूपैयाँ सहयोग गरेका छन् ।

अझै सहयोग रकम उठ्ने क्रम जारी रहेको छ । सहयोग गर्न चाहने सहयोगी मनले नेपाल बंगलादेस बैंकको हापुरे शाखा मृतक वलीको श्रीमती खिमा र बहिनी गोमाको संयुक्त खाता नं 064003711S मा जम्मा गरिदिन आग्रह गरिएको छ ।