२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

नापी कार्यालय बाँकेका सर्भेक्षक ३५ हजार घुससहित पक्राउ

बाँके, २२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जले दुई जनालाई घुस सहित पक्राउ गरेको छ ।

सेवाग्राहीसँग हाल साबिक भिडाउने काम वापत ३५ हजार घुस लिदै गरेको अवस्थामा अख्तियारले नापी कार्यालय बाँकेका सर्भेक्षक याम बहादुर खत्री र आफुलाई लेखापढी व्यवसायीका रुपमा चिनाउने प्रताप के.सी.लाई समातेको सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिएका छन् ।