२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

सैघाका एक हजार बाख्रालाई पिपिआर रोग बिरुद्धको खोप

घोराही, २३ माघ । घोराही उपमहानगरपालिका वडा नं. १९ सैघामा रुकुम पूर्बबाट ल्याईएका भेडाबाख्रामा पिपिआर रोगको संक्रमण देखिएपछि सैघाका एक हजार बढी बाख्राहरुमा खोप लगाईएको छ ।

वडा अध्यक्ष हर्कबहादुर घर्ती, सदस्यहरु जंग रोका, टंक रोका, वडा सचिब भीम केसी, घोराही उपमहानगरको पशु सेवा शाखाका श्रीधर अधिकारी, शोभा आचार्य सहित भेटेनिनरी अस्पतालका प्रशिक्षार्थीहरुले एक हजार ६८ बाख्राहरुलाई खोप लगाईएको छ ।

सैघाका बाम्ला, मालाकोट, धनडाँडा, छहरे, रालबाङ, देउकोट, देउँरे, डाँडागाउँ, दम्ती लगाएतका गाउँमा पुगेर ती बाख्राहरुलाई पिपिआर रोग बिरुद्धको खोप दिईएको वडा सदस्य जंग रोकाले जानकारी दिनुभयो । रुकुम पूर्बको भूमे गाउँपालिका १ लुकुमबाट चिसो छल्न र चरणका लागि ल्याईएका भेडाहरु धमाधम मर्न थालेपछि गरिएको जाँचमा पिपिआरको संक्रमण देखिएको थियो । त्यस पछि घोराही उपमहानगरको पशु सेवा शाखाले पिपिआर खोप लगाउन थालेको हो ।