२०८२ जेष्ठ ३१ गते शनिवार
२०८२ जेष्ठ ३१ गते शनिवार

टरीगाउँ एरपोर्टमा ईन्धन डिपो स्थापनका लागि स्थलगत अध्ययन

तुलसीपुर, २३ माघ । तुलसीपुर स्थीत गाउँ एरपोर्टमा ईन्धन डिपो सञ्चालनका लागि आपुर्ति मन्त्रालयका सचिब सहितको उच्च अधिकारीले स्थलगत अध्ययन गरेको छ ।

टरीगाँउ एरपोर्टको धावनमार्गको लम्बाई साढे ७ सय मिटर मात्रै छ भने चौडाई ३० मिटर छ । कम्तीमा साढे १२ सय मिटर लम्बाई धावन मार्ग बनाएर ४५ सिटे बिमानहरुलाई नियमीत उडाउन सकिने प्राबिधिकहरुले बताउदै आएका छन् भने ईन्धन डिपो आबश्यक रहेको बताएका छन् । ईन्धन डिपो स्थापनाका बारेमा स्थलगत अध्ययन गर्न आपुर्ति मन्त्रालयका सचिब डाक्टर बैकुण्ठ अर्याल नेतृत्वको उच्च अधिकारीको टोली टरीगाँउ एरपोर्टमा आएको हो । उक्त टोलीले आज बिहीबार बिहान टरीगाँउ एरपोर्टको चार किल्ला अध्ययन गरेको छ । त्यसमध्ये सुरक्षाको दृष्टिकोणले दक्षिण, पूर्ब दक्षिण र पश्चिमको भूभागको अध्ययन गरेको छ । एरपोर्ट पश्चिमको भूभाग राप्ती राजमार्गको छेउ र बस्तीका कारण सम्भाबना कम हुन सक्ने देखिएको बुझिएको छ ।

अध्ययनका लागि आएको टोलीमा जि.एम. डाक्टर सुरेन्द्र पौडेल, आयल निगम ईन्धन डिपो नेपालगञ्जका प्रमुख नवबिनोद पोख्रेल, आयल निगम ईन्धन प्रमुख सुजित पोख्रेल, आयल निगमका मनोहर डि.सी लगायत हुनुहुन्छ । त्यस्तै राष्ट्रिय सभासदस्य जगप्रसाद शर्मा,प्र देश सभासदस्य अमरबहादुर डाँगी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, दाङका प्रहरी प्रमुख जनक भट्टराई लगायतले आपुर्ति मन्त्रालयका सचिब अर्याल सहितको उच्च अधिकारीसँग छलफल गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता सुर्यबहादुर डाँगी श्यामले जानकारी दिनुभयो ।

०७६ माघ १० गतेदेखि शुरु गरीएको तुलसीपुर महोत्सवको उद्घाटन गर्न आएका संस्कृती,पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराइलाई १ हजार २ सय ५० मिटर लामो कपडामा हस्ताक्षर सहितको ध्यानाकर्षण बुझाएको थियो । महायज्ञ, महोत्वस लगायतका कार्यक्रम गरि धवानमार्गमा कालोपत्रे गर्ने काम समेत गरिएको तुलसीपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बिमल रिजालको भनाई छ । तुलसीपुर उद्योग बाणिज्य संघको पहलमा पटक पटक गरी दुई वटा नीजि हवाई सेवा सञ्चालनमा ल्याएको थियो । त्यसपछि प्राबिधिक कारण देखाई पुनः हवाई सेवा बन्द भएको थियो ।

स्थानीय तहको निर्वाचन पछि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे पहलमा सानो वडीको नेपाल एरलाईन्सको बिमान सञ्चालन आएको हो । बिगतमा हप्तामा एक पटक, त्यसपछि २ दिन र हाल दैनिक २ पटक हवाई सेवा सञ्चालन आएको छ । तर एरपोर्टको धावनमार्ग स्तरन्नोति र ईन्धन डिपो सञ्चालन नहुदा हवाई सेवाको प्रभाबकारीता अझै राम्रो हुन सकेको छैन् ।