२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

घोराहीको पाण्डवेश्वर मन्दिरमा महोत्सव सञ्चालन हुने

दाङ, २३ माघ । दाङ घोराहीको धारापानी स्थित पाण्डवेश्वर मन्दिरमा तीन दिन महोत्सव सञ्चालन गरिने भएको छ ।

शिवरात्रिको अवसर पारेर फागुन ८ देखि १० गते महोत्सव लगाउने तयारी गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव विष्णु आचार्यले जानकारी दिए । यसअघि हरेक विशारात्रिको समयमा यहाँ मेला लाग्दै आएको भएपनि विगत केही वर्ष यता मेलालाई महोत्सवको रुपमा मनाउँदै आइएको छ । पर्यटन वर्ष सन २०२० लाई मध्यनजर गर्दै तीनदिन सम्म महोत्सव लगाउन लागिएको सचिव आचार्यले जानकारी दिए ।

पाण्डवेश्वर मन्दिरमा गत सालदेखि नेपाली सेनाले सलामी दिन सुरु गरेको छ । अबदेखि प्रत्येक वर्ष शिवरापत्रिको दिनमा नेपाली सेनाले सलामी दिने भएको छ । घोराही उपमानगरपालिका वडा नं. ५ स्थित यो मन्दिर जिल्लाको एक प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ । यहाँ विश्वकै अग्लो त्रिशुल २०७१ स्थापना गरिए पछि झनै चर्चा परिचर्चा चुलिएको छ ।