२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

१६ वर्षमै बिहे गर्न पाउनुपर्ने माग गर्ने दुई पक्राउ

बाँके, २३ माघ । १६ वर्षमै सन्तानको बिहे गर्न पाउनुपर्ने माग गर्दै नेपालगञ्जमा विरोध प्रदर्शन गर्ने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्जको धम्बोझीबाट जानकी-६, का रामदेव मिश्रा र डुडुवा-३ की फुलमती पाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । केही महिनाअघिदेखि पालिकामा घेराउ तथा प्रदर्शन गर्दै आएका उनीहरुले बिह‍ीबार पुन प्रदर्शन गरेका हुन् ।

२० वर्ष नपुगी विवाह गर्न नपाइने कानुन मधेशी समुदायको संस्कृतिसँग मेला नखाने भएकाले कानुन परिवर्तन गर्नुपर्ने मागसहित विरोध प्रदर्शन गरिएको मप्रदर्शनका सहभागीहरुले जनाएका छन्।