घोराही, २४ माघ । दाङको घोराहीमा प्रदेश स्तरीय अपाङ्गता भएका बालबालिकाले अध्ययन गर्ने विद्यालय बन्ने भएको छ । घोराही उपमहानगरपालिका १४ प्रा.वि. बालमन्दीर रहेको स्थानमा प्रदेशभरी रहेका अपांगता भएका बालबालिकाले आबासीय रुपमा अध्ययन गर्ने गरी विद्यालय बन्ने भएको छ ।
अहिले पहिलो चरणमा विद्यालयको डिपिआर तयार भएको छ । दुई तलाको अपांगता मैत्री भवन बन्ने र पढाईका लागि १० वटा कोठा हुने छ । पढाई कक्षा, आवासिय कोठा, खेल मैदान, चमेना गृह र पार्कीङ स्थल सहितको भवन बन्ने गरी नक्सा तयार भएको छ ।
शान्ता कन्सल्टेन्सी प्रा.ली.ले डिपिआर तयार पारेको छ भने लागत स्टीमेटको काम अन्तीम चरणमा पुगेको प्रालीका ईन्जिनियर सुमन ढकालले जानकारी दिए ।