२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

भूमिगत जल सिंचाई महासंघ दाङको साधारणसभा सम्पन्न

घोराही, २४ माघ । भूमिगत जल सिंचाई महासंघ दाङको ११औं साधारणसभा तथा चौथो अधिवेशन आज घोराहीमा सम्पन्न भएको छ । महासंघ दाङको अध्यक्षमा लोकराज डाँगीलाई चयन गरिएको छ ।  घोराहीमा सम्पन्न साधारणसभा तथा अधिबेशनले डाँगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा रामबहादुर केसी, सचिबमा मेघबहादुर डाँगी, कोषाध्यक्षमा मनु शाहलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा रोवरबहादुर केसी, नरबहादुर केसी, नबराज शर्मा, जुम्मन मियाँ, ध्रुबकुमार डाँगी, बसन्ती चौधरी र हिमा डाँगीलाई चयन गरिएको छ । भूमिगत महासंघ दाङका अध्यक्ष लोकराज डाँगीको अध्यक्षता तथा प्रदेश नं. ५ का प्रदेशसभा सदस्य तथा लेखा समिति संयोजक डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

महासंघका सदस्य नरबहादुर केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण उपभोक्ता समितिका सदस्य पूर्णबिक्रम डाँगीले गरेका थिए ।