२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा रोल्पाका केसिको मृत्यु

बुटवल, २४ माघ । रुपन्देहीको सैनामैना २ कालिकाचोकमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा रोल्पा नगरपालिका– ३ खुमलेका २५ बर्षका ताराप्रसाद केसीको मृत्यु भएको छ ।

पश्चिमतर्फ जाँदै गरेको लु २६ प ८१८० नम्बरको मोटरसाइकलले लु २ ख ३७९८ नं को टिपरलाई उछिन्न खोज्दा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

उनको उपचार कोक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलम मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालक भने इलाका प्रहरी कार्यालय मुर्गियाको नियन्त्रणमा रहेको छ ।