तुलसीपुर, २४ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ स्थित सहीद स्मृति आवासिय माध्यामिक विद्यालयमा आज देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्धघाटन प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले गर्नु भयो ।
माघ २४, २५ र २६ गतेसम्म चल्ने प्रतियोगितामा १२ कक्षा सम्म अध्ययन गर्ने १८ वर्षसम्मका छात्र छात्राहरुले सहभागिता जनाउने छन । प्रतियोगितामा भलिबल, कबड्डी, एकसय मिटर रिले र चार सय मिटर रिले खेल आयोजना गरिएको छ । प्रतियोगितामा तुलसीपुरका ३० वटा सामुदायिक तथा नीजि विद्यालयले सहभागिता जनाएका छन् । प्रत्येक खेलमा प्रथम र द्वितिय स्थानहासिल गर्ने खेलाडीहरु जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रदेशमन्त्री केसीले अतिरिक्त क्रियाकलापका साथ व्यवहारिक शिक्षामा विद्यालयले ध्यान दिनु पर्ने कुरामा उहाँले जोड् दिनु भएको थियो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद विकास समितिका संयोजक अमर नेपाली‘ ‘माईकल’ले स्वागत ब्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले गरेका थिए । सहिद स्मृति विद्यालयमा जनयुद्धमा सहिद भएका वालवालिकाले पढ्दै आइरहेका छन् ।