शान्तिनगर, २४ माघ । शान्तिनगर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड र तेस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता हुने भएकाे छ । प्रतियाेगिता फागुन ७ देखि ९ गते सम्म हुने भएको छ ।
शान्तिनगर गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकले त्यस्तो निर्णय गरेको हो। शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ को पातेटाकुरामा हुने अध्यक्ष कप र रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजकमा वडा नम्बर ३ का वडा अध्यक्ष बुद्धिराम तिवारीलाई जिम्मेवारी समेत बैठक ले दिएको छ।
बैठक गाउँ पालिकाका अध्यक्ष कमानसिह डाँगिको अध्यक्षतामा बसेको थियो।