२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

लमहीमा कृषि तथा औद्योगिक महोत्सव सुरु

लमही, २५ माघ । दाङको लमहीमा कृषि तथा औद्योगिक महोत्सव शुरु भएको छ। नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर कृषि, उद्योगका साथै पर्यटकीय क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

शुक्रबार महोत्सवको प्रदेश सभा सदस्य रेवतीरमण शर्माले उद्घाटन गरेका छन्। ‘घुम्न जाऔं देउखुरी, सफल बनाउ भ्रमण बर्ष २०२०’मुख्य नारा सहित महोत्सव आयोजना गरिएको छ । फागुन पाँच गते सम्म महोत्सव चल्ने महोत्सवमा दुई सय ५० स्टल छन् । महोत्सव अवधिभर तीन करोडको कारोबार हुने र तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

चेम्बर अफ कमर्श लमहीका अध्यक्ष अजय न्यौपापनको अध्यक्षता एवम् प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले गुरु योजना निर्माण गरेर पर्यटकीय क्षेत्रको विकासमा लगानी लगाउन थालिएको बताए । महोत्सव उद्घाटनको क्रममा थारु, नेवार, गुरुङ लगायतका समुदायका झाँकी प्रदर्शन गरिएको थियो।