२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

दाङमा बिहानैदेखि बर्षा, देशभर मौसम बदली हुने

दाङ, २५ माघ । आज दाङ सहित देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यून–चापीय प्रणालीको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

अन्य ठाउँमा भने एकैछिन घाम लाग्दै बादल लाग्ने महाशाखाले जनाएको छ। मौसम बदली भएका कारण केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन ।