२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

विश्व रेडियो दिवसमा घोराहीमा रेडियो र विविधता विषयक कार्यक्रम

घोराही, २५ माघ । विश्व सामुदायिक रेडियो दिवसका अबसरमा रेडियो र विविधता विषयक कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेले सामुदायिक रेडियोले आवाजहीनहरुको आवाज बोल्नुपर्ने बताएका छन् । स्थानीय जनता र समुदायका आवाज बोल्ने रेडियोहरुले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताए । उनले रेडियोहरुले ब्यबसायीकतामात्रै नभई समाजरुपान्तरणमा भूमिका खेल्नुपर्ने समेत बताए ।

साथै मुख्यमन्त्री पोखरेलले सरकारले रेडियोलाई लोककल्याणकारिणी बिज्ञापन दिने प्राबधान ल्याएपनि सामुदायिक रेडियोहरुले त्यो सुविधा लिन नसकेको समेत बताए ।