२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङमा चट्याङ लागेर तीन जनाको मृत्यु

दाङ, २५ माघ । दाङमा चट्याङमा परेर तीन जनाको ज्यान गएको छ । तुलसीपुर र घोराहीमा आज चट्याङमा परेर तीन जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका ७ नवलपुरकी गीता चौधरीकी ७ वर्षीया छोरी सृष्टि चौधरी र त्यही ठाउँकी ५४ वर्षीया लक्ष्मी आचार्यको ज्यान गएको हो ।चट्याङ लागेर घाइते भएका चौधरी र आचार्यको उपचारका क्रममा तुलसीपुरको राप्ती लाइफ केयर हस्पिटलमा ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै घोराही उपमहानगरपालिका ११ हापुरका सूर्यबहादुर पुरीका छोरा ८ वर्षीय ताराबहादुरको पनि चट्याङ लागेर ज्यान गएको छ । घरको आँगनमा खेल्दै गरेका सूर्यबहादुरका आठ वर्षीय छोरा ताराबहादुर देव पुरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लैजाने क्रममा बाटोमै मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए।