२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

महिला हिंसा विरुद्ध सडक नाटक प्रदर्शन

जीवन न्यौपाने, बंगलाचुली २५ माघ । बंगलाचुली गाउँपालिका वडा नं ३ मा अवस्थित श्री महेन्द्र माध्यमिक विद्यालय श्रीवारीमा अतिरिक्त क्रियाकलाप अन्तर्गत  सडक नाटक प्रदर्शन गरिएको छ । हाम्रो गाउँ समाजमा विद्यमान महिलाहरू माथि हुने हिंसा विरुद्ध सचेतना फैलाउन उद्देश्यले महिला हिंसा विरुद्ध चेतनामुलक सडक नाटक प्रदर्शन गरिएको थियो ।

उक्त सडक नाटक छोरीहरूले पनि अवसर पाए भने छोरासरह काम गरेर देखाउन सक्छन् र छोरी भएकै कारण गर्भपतन गर्ने प्रचलन बढ्दै गएको सन्दर्भमा छोरा छोरी विच समाजमा बिभेद रहित वातावरणको सिर्जना गर्नुपर्ने कुरामा लक्षित गरिएको थियो । बर्तमान समयमा महिला भएकै कारण घर परिवार तथा समाज बाट भोगेको पीडालाई सडक नाटक को माध्यमबाट यथार्थ चित्रण गरिएको थियो ।

सडक नाटकमा अभिनय गरेका छात्रछात्राहरूलाई विद्यालयले प्रोत्साहन स्वरुप एकमुस्ट रू. २००० पुरस्कार प्रदान गरेको थियो । विद्यालयका शिक्षक जीवछ मण्डलले कथा तथा निर्देशन तथा शिक्षक हेमलाल आचार्यले संम्बाद लेखन तथा सम्पादनमा विद्यालयका शिक्षिका सरस्वता परियार तथा उक्त सडक नाटकको निर्माता महेन्द्र मा बि श्रीवारी परिवार प्रमुख
सल्लाहकार प्रधानाध्यापक इन्द्र बहादुर बुढा र अन्य सल्लाहकार हरूमा विद्यालयका सम्पूर्ण शिक्षक तथा शिक्षिका एवम् समस्त विद्यार्थी रहेका थिए ।

विद्यालयमा अध्ययनरत छात्रछात्राहरूमा भएको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्न र प्रतिभामा अझ निखार पन ल्याउनको लागि विद्यालयले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आइरहेको विद्यालयले जनाएको छ ।