२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

दाङमा आज ३ दशमलब २ मिलिमिटर बर्षा

दाङ, २५ माघ । आज दिनभर दाङमा सम्म ३ दशमलब २ मिलिमिटर बर्षा भएको जल तथा मौसम फिल्ड कार्यालय घोराही दाङले जनाएको छ । हाल नेपालको पश्चिमी भूभागमा कमजोर पश्चिमी न्यून चापिय प्रणालीले पश्चिमी पहाडी भूभागमा मौसम बदली भएको छ । जसले गर्दा दाङ सहित विभिन्न स्थानमा हल्का बर्षा हुनुको साथै चिसो समेत बढेको छ ।

मौसम पुर्वानुमान महाशाखा अनुसार देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा र पूर्वी तथा मध्य पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

आज राति देशका पूर्व र मध्य पहाडी भूभागमा आंशिक बदली देखि सामान्य बदली सहि एकदुई स्थानहरूमा हल्का वर्षा हुनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदहरुले बताएका छन् ।