२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

जश्न ए काव्यमा हेमन र पुनम

नवीन अभिलाषी, दाङ, २६ माघ । गजलकार पुनम थापा पहिलो पटक स्टेजमा पुगेर गजल बाचन गर्दै हुनुहुन्थ्यो । गजलहरुका शेरहरु बाचन हुँदै गर्दा बाहिर पानी पर्यो । आकाश गड्याङगुडुङ ग¥यो । तर कार्यक्रम रोकिएन । उदाहरण समूह, नेपालले आयोजना गरेको जश्न ए काव्य शिर्षकको कार्यक्रममा गजलकार पुनम थापा र कवि हेमन यात्रीले आफ्ना रचनाहरु बाचन गर्नुभयो । बदलिएको मौसमसँगै कवि र गजलकारका रसपान गर्न युवाहरु पुस्ताको उल्लेख्य उपस्थिती थियो ।

एक दशक पहिलेदेखि रचनाको क्षेत्रमा लागेको बताउँदै गजलकार पुनम थापाले अहिले पनि आफु सिक्ने अवस्थामा पुगेको बताउनुभयो । जीवनमा महत्वपुर्ण घटनाहरुलाई रचनामा उल्लेख गर्ने बानी परेको उहाँले कार्यक्रममा बनाउनुभयो । एफएम रेडियोको समयसँगै हुर्किदै जाँदा लेखनमा बानी परेको उहाँले कार्यक्रममा सुन्दर ८ वटा भन्दा बढि गजलहरु बाचन गर्नुभएको थियो । यस्तै कार्यक्रमका लागि पुर्व ईटहरीबाट दाङ आउनु भएका कवि हेमन यात्रीले आफ्नो कविता प्रतिको चेत, अनुशासन र सिद्धान्तका बारेमा समेत बताउनुभयो ।

फेरी एक्लै शिर्षकको कविता बाचन गर्दै कवि हेमन यात्रीले उमेर, बैश र प्रेमका कुरा गर्नुभयो । उहाँले कवितामा आमाको सन्दर्भ जोड्दै आमाको गीत शिर्षकको कविता समेत बाचन गर्नुभयो । पश्चिम नेपाल युद्धको समयमा धेरै चोटहरुले दुखेको भुगोलको बारेमा चर्चा गर्दै हेमन यात्रीले बेपत्ताको आत्मकथा शिर्षकको कविता सुनाउँदा कार्यक्रम हलमा सन्नाटा छाएको थियो । अत्यन्तै मार्मिक कथा बस्तुमा निर्माण गरिएको त्यो कविता युद्धमा बेपत्ता भएको ब्यक्तिको मृत्यु भैसकेको र घरपरिवारले अन्तिम संस्कार नगर्दाको घटना उल्लेख गरिएको थियो ।

उदाहरण समूह, नेपालका अभियान्ता तिर्थराज चौधरीले संयोजन गरेको कार्यक्रमको सहजीकरण गर्दै अर्को अभियान्ता नवीन श्रेष्ठले साहित्य, संगीत र कलाको क्षेत्रमा पाँच वर्ष भन्दा लामो समयदेखि काम गर्दै आएको बताउनुभयो । जश्न ए काव्य कार्यक्रममा गजल र कविता बाचन हुने गरेको भन्दै उहाँले जिल्ला र जिल्ला बाहिरका श्रष्टाहरुको संगम बनाउन खोजेको बताउनुभयो ।