२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बाल विवाहमा कमी आएन

दिप्तीशिखा चौधरी, दंगीशरण २६ माघ । दंगीशरण बालबालिका स्वयम जागरुक नहुँदा सम्म बाल विवाहमा कमी नआउने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । बाल बिबाह न्यूनिकरणमा अरु तह र तप्काबाट जती प्रयास भएपनि कार्यानवयन हुन नसकेको भन्दै यो क्षेत्रमा बालबालीका लाग्नुपर्ने सहभागिहरुको तर्क थियो । साथै उनीहरुले अभिभावकहरु जिम्मेवारीका साथ सन्तान प्रतीको दायीत्व निर्वाह गर्न सके बाल विवाहमा कमी आउन सक्ने बताए ।

बाल क्लबकी सदस्य विमला न्यौपानेले अभिभावकले पाठ सिकाएमा आफु जस्ता धेरै बालबालीकाहरु बाल क्लव मार्फत बाल विवाह न्यूनिकरण गर्न तर्फ अग्रसर हुने बताईन । यस्तै शिक्षक कैलास अधिकारीले बिधालयमा बाल विवाह न्यूनिकरण सम्बन्धी जती पाठ सिकाए पनि घरपरिवारको वेवास्ताका कारण बालविवाहमा कमी आउनुको साटो बढ्दै गएको बताए । यसैगरी विरेन्द्र मावी विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष मोहन चौधरीले जनचेतनाको कमी भएकै कारण बाल विवाह न्यूनीकरण हुन नसकेको कुरा बताए । कार्यक्रममा ईलाका प्रहरी कार्यालयकी प्रहरी जवान टिका थापाले पछिल्लो समय प्रहरी साझेदारी कार्यक्रम मार्फत प्रहरीले बाल बिबाह न्यूनीकरणमा काम गरीरहेको भएपनि सामाजीक रुपमा प्रहरीले साथ नपाएकाले यो कार्यक्रमलाई अगाडि बढाउँन मुस्कील परेको बताईन् ।

कार्यपालिका सदस्य अङ्गने चौधरीले बालविवाह न्यूनिकरण गर्न अव कारवाही प्रक्रिया नचाल्दा सम्म सफल नहुने बताईन । दंगीशरण गाउँपालिकामा भएको बाल विवाह न्यूनिकरण तथा बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिने अभिमुखीकरण तालिममा उनीहरुले यस्तो धारणा राखेका हुन् ।

गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले विविध कार्यक्रमहरु व्यवहारमा लागु नभएकै कारण बाल विवाह न्यूनिकरणमा समस्या आएको बताए । दंगीशरणमा बालविवाह गर्नुको प्रतिशत झन पछि झन बढ्दै गएको छ । अवको कार्यक्रम सामाजिक अभियानका रुपमा अगाडी लग्ने बताए । गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले न्यायीक समीतीमा आउने सम्बन्ध विच्छेदका मुद्धा अधिकांश बालविवाहकै रहेको बताईन् । अवका दिनमा बालविवाह न्यूनिकरण गर्न अरु कार्यक्रम भन्दा सडक नाटक र वहस गरेर न्यूनिकरण हुने कुरा बताईन् ।

शान्तीनगर र दंगीशरणमा समाजमा वातावरणिय शिक्षाको विकाश सिडले गरेको सर्वेक्षणमा आर्थिक बर्ष २०७५/०७६ मा गरेको सर्वेक्षणमा २३.५९ प्रतीशतले बाल विवाह गरेको दखिएको समाजमा वातावरणिय शिक्षाको विकाशका कार्यक्रम संयोजक माधव चौधरीले जानकारी दिए । ९ सय बालबालिकामा गरिएको सर्वेक्षणमा २ सय २३ जनाले बाल विवाह गरेको भेटिएको, जसमा ९० जना अर्थात ४० प्रतिशत बालक र १ सय ३३ जना अर्थात ६० प्रतिशत बालिका रहेको जानकारी दिए । जसमा दलित र थारु समुदायका बालबालिका धेरै छन् ।

यस्तै गाउँपालिकाका किरण पोख्रेलले बालमैत्री स्थानीय शासन, उद्देश्य, आवश्यक्ताका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको शहजीकरण महिला बालबालिका तथा समाज कल्याण ईकाइ शाखाकी चन्द्रा वलीले गरेकी थिईन् ।