२०७७ मङ्सिर ९ गते मङ्गलवार
२०७७ मङ्सिर ९ गते मङ्गलवार

ईलाका प्रशासन कार्यालय तुलसीपुर आफ्नै भवनमा सर्दै

तुलसीपुर, २६ माघ । आगामी फागुन १ गते देखी ईलाका प्रशासन कार्यालय तुलसीपुरको कार्यालय आफनै भवनमा सार्न लागीएको हुँदा यहि माघ २८ र २९ गते ईलाका प्रशासन कार्यालय तुलसीपुरको सेवा दुई दिन बन्द हुने भएको छ ।

तुलसीपुर ५ राप्ती प्रादेशिक अस्पताल देखी उत्तर तर्फ रहेको नवनिर्मित भवनमा कार्यालय सार्न लागीएको हो। तुलसीपुर ९ दोघरेमा रहेको कार्यालय स्थानान्तरण गर्नका लागी दुई दिन समय लाग्ने भएकाले सेवा बन्द हुने निमित्त प्रमुख श्रीधर टण्डनले जानकारी दिएका छन् ।

दुई सम्म सेवा प्रभावित हुने भएकाले सेवाग्राहीमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी रहेको उनले बताएका छन् । उक्त दिन कार्यालय खुला भएता पनि भौतिक सामाग्री सहित सम्पुर्ण समान सार्नु पर्ने भएकाले सेवा प्रभावित हुने भएको हो । फागुन १ गते देखी नयाँ भवनबाट नियमित सेवा प्रवाह गरिने छ । कार्यालय सरेपछि अधिकांस सेवाग्राहीलाई पाएक पर्नेछ ।