२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

निःशुल्क एनटिसिको फोरजि सिम वितरण

शान्तिनगर, २६ माघ । शान्तिनगर ५ रगैंजामा नेपाल टेलिकमले नि:शुल्क फोरजिको सिम वितरण गरेको छ ।फोरजि प्रयोगवाट सस्तो र राम्रो सेवा उपलव्ध भएको जानकारी गराउन र प्रयागकर्ता बढाउने उद्देश्यले निःशुल्क सिम वितरण गरिएको सिम वितरणका टोलि प्रमुख कैलाश आचार्य बताउनु भयो ।

फोरजि सिम सवैको लागि राम्रो र भरपर्दो सेवा दिने सिम भएकाले सबैले यसलाई प्रयोग गर्न आग्रह गर्नुभयो । आज मात्रै ५ सय बढी सिम वितरण गरिएको आचार्य बताउनु भयो । केहि महिना अगाडी देखि पश्चिम दाङको काँसिपुरमा नेपाल टेलीकमको फोरजिको टावर सञ्चालन आएको छ ।