२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

अन्तरपार्टी महिला संजालको नयाँ समिती गठन

दिप्तीशिखा चौधरी, दंगीशरण २६ माघ । अन्तरपार्टी महिला संजालको स्थानीय तह अन्र्तगत संगठन विस्तार कार्यक्रम आज दंगीशरणमा सम्पन्न भएको छ ।

अन्तरपार्टी महिला संजालको आयोजनामा सम्पन्न भएको कार्यक्रमले हिरा चौधरीको अध्यक्षतामा अन्तरपार्टी महिला संजाल गठन गरेको हो । जसको सचिवमा पदमा चौधरी रहनुभएको छ भने । सदस्यहरुमा राधा आचार्य, टिका भण्डारी, डम्वर कुमारी डांगी, सिता डांगी, शुभद्रि चौधरी, राधा रजौरे, यशोदा शर्मा, विनीता चौधरी रहनु भएको छ ।

अन्तरपार्टी महिला संजाल दाङका अध्यक्ष शुशिला पौडेलको अध्यक्षता एंव गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमूख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा उपाध्यक्ष खड्काले नयाा गठित पदाधिकारीलाई शुभकामना दिदै महिलाहरुको हकहितका लागि काम गर्न आग्रह गरिन । महिलाहरु एक भएको संगठनले महिलाकै बारेमा सवाल उठाउनुपर्ने उनले बताईन् । कार्यक्रमको शहजीकरण अन्तरपार्टी महिला संजाल सदस्य देवा डाँगीले गर्नुभएको थियो ।