२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

हापुरे महोत्सवको तयारी ९० प्रतिशत पुरा

हापुरे, २६ माघ । यहिँ माघ २८ गते देखि फागुन १० गते सम्म पश्चिमदाङको हापुरेमा सञ्चालन हुन लागेको पर्यटन तथा व्यापारिक महोत्सव २०७६ को तयारी ९० प्रतिशत पुरा भएको छ ।

‘कला र सस्कृतिलाई संरक्षण गरौ, भ्रमण बर्ष २०२० लाई सफल पारौं घुम्न जाऔं हापुरे’ भन्ने मुल नाराका साथ बबई समृद्धि युवा क्लवको आयोजना र बबई मगर एकता युवा क्लब हापुरेको मुल आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो। महोत्सवमा विभिन्न १२० स्टल रहने महोत्सवका व्यवस्थापक रोहन पुनले जानकारी दिनुभयो ।

एक्सन नायक विराट भट्ट देखि रेखा थापा सम्मका चर्चित कलाकार आउने महोत्सवको प्रचार प्रसार तिब्र पारिएको पुनले जानकारी दिनुभएको छ। ठाउँ ठाउँमा माईकिङ, होडिङ बोर्ड, पर्चा, पम्पलेट मार्फत प्रचार प्रसार तिब्र पारिएको हो ।

पश्चिमदाङका धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थलको प्रचाप्रसार गर्ने मुख्य उद्धेश्य महोत्सव सञ्चालन हुन लागेको मुल आयोजकले जानकारी दिएको छ । महोत्सवमा विभिन्न व्यापारीक स्टल, राष्ट्रिय तथा स्थानिय कलाकारको वेजोड प्रस्तुति रहने बताइएको छ।