२०७८ बैशाख ८ गते बुधवार
२०७८ बैशाख ८ गते बुधवार

राष्ट्रपति रनिङ शिल्ड, गोरखा को अग्रता कायमै

लक्ष्मण बस्नेत, तुलसीपुर २७ माघ । गोरखा मावि तुलसीपुर शहिद स्मृति मावि बनकट्टिको खेलमैदान मा जारी तुलसीपुर उपमहानगरपालिका स्तरिय दोस्रो तथा १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को शिर्ष स्थानमा रहेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा सहिद स्मृति आबासिय बिद्यालय तुलसीपुर १७ बनकट्टी को संयोजनमा संचालित प्रतियोगिताको आज सम्म सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड मा १२ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्दै गोरखा माबिले शिर्ष स्थान कायम राख्न सफल भएको हो ।

त्यस्तै ज्ञानज्योती सेकेण्डरी स्कुल तुलसिपुर ६ स्वर्ण, ७ रजत र ६ कास्य पदक का साथ दोस्रो स्थान मा रहेको छ, भने गुरुजजुर माबि रक्षाचौर २ स्वर्ण, २ रजत र ५ कास्य पदक सहित तेस्रो स्थान मा रहेको प्रतियोगिता का सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिनु भएको छ । प्रतियोगिता अन्तरगत सोमबार भलिबल छात्र सेमिफाइनल तथा फाईनल र कबड्डी छात्र÷छात्रा फाइनल तथा तृतिय स्थानका लागि खेल हुनेछ्न् ।

कबड्डीको छात्र तर्फ गोरखा माबी र ज्ञानज्योती त्यस्तै छात्रा तर्फ महेन्द्र माबी र गुरुजजुर भिड्नेछ्न । खेल बिहान ८ बजे पछि हुनेछ । यसैबिच प्रतियोगिताको समापन पनि सोमबार गरिने आयोजक बिद्यालय ले जानकारी दिएको छ । उसले प्रतियोगिता समापन समारोह मा उपस्थितीका लागि खेलप्रेमी, खेलाडी, पत्रकार लगाएत सबैमा अनुरोध समेत गरेको छ ।