२०७७ असोज १२ गते सोमवार
२०७७ असोज १२ गते सोमवार

दाङमा तरुण दलको विरोध प्रदर्शन

घोराही, २७ माघ । नेपाल तरुण दल दाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय विरुद्ध आइतवार घोराहीमा प्रर्दशन गरेको छ ।

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छदारलाई पक्षपात गर्दै फसाउन खोजेको भन्दै तरुण दलले विरोध प्रदर्शन गरेको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगाएका नेतालाई उन्मुक्ति दिने तर आफ्ना नेता गच्छदारलाई सत्ताकै आडमा फसाउन खोजेको हुँदा न्यायका लागि प्रदर्शन गर्नु परेको तरुण दल दाङका अध्यक्ष टिका घर्तीले जानकारी दिए ।

तरुण दल दाङका अध्यक्ष टिका घर्तिको नेतृत्वमा भएको विरोध प्रदर्शनमा ‘अख्तियार दुरुपयोग अनुसन्धान मुर्दावाद, अधिनायकबाद उन्मुख सरकार मुर्दावाद, वालुवाटार जग्गा प्रकरण निष्पक्ष छानविन गर, भन्ने जस्ता नाराहरु लगाइएका थिए । घोराहीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयवाट विरोध र्याली सुरु भएको थियो । र्यालीले वजारको परिक्रमा गरेर तुलसीपुर चोकमा कोण सभा गरेको हो ।