२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

जनकल्याण माविको विव्यस अध्यक्षमा फर्साराम डाँगी चयन

शान्तिनगर, २७ माघ । दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ मा रहेको जनकल्याण माध्यामिक विद्यालय सिमसुन्दरपुरको विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा फर्साराम डाँगी चयन भएका छन् ।

वडा नम्बर २ का वडाध्यक्ष समेत रहेका डाँगी आईतबार सर्बसम्मत रुपमा विद्यालयको अध्यक्षमा चयन भएका हुन् । समितीका सदस्यहरुमा खर्के सुनार, तुलाराम खड्का, खुमबहादुर वली, सरस्वती न्यौपाने, देउरुपा खड्का र कमला परियार चयन भएका छन् ।

त्यसैगरी विद्यालयमा नयाँ शिक्षक अभिभावक संघ पनि गठन भएको छ । शिक्षक अभिभावक संघको अध्यक्षमा त्यस विद्यालयका पुर्व शिक्षक शिवप्रसाद वली चयन भएको विद्यालयका शिक्षक टिकाराम खड्काले बताएका छन् ।